
जी एन शर्मा
गीत
फालिएको पत्तकर जस्तै भयो जिन्दगी
टुक्रिएको सीसा जस्तै रह्यो जिन्दगी
हिजो सम्म कमलको कोपिला झैँ थियो
थाहै नपाई औईलिएको पलाँस जस्तै भयो
शोकमग्न यात्री जस्तै भयो जिन्दगी
बेवारिसे सडक जस्तै रह्यो जिन्दगी
नजिकको नाटक गर्ने दुश्मन जस्तै भए
थिए केही सपना आफ्नै सबै पराई बने
आफ्नै मनले आफैलाई त्रास देखाउँछ
आफ्नै छायाँ आफैलाई नै किन जिस्क्याउँछ
लक्ष्यहिन दौड जस्तै बन्यो जिन्दगी
आफैदेखि आफैसँग रुन्छ जिन्दगी
फालिएको पत्तकर जस्तै भयो जिन्दगी
टुक्रिएको सीसा जस्तै रह्यो जिन्दगी


