विचार

गठबन्धन भित्रको गन्थन !

बेल्की पखको कुरा हो उनले कड्किदै भने— अन्तरघातको पनि हद हुन्छ नि त यार! लु उसलाई त भोट नहाल भन्दा त ठिकै छ। तर, हाम्रैलाई पनि नदिनु भन्दै गाउँ चार्नु कति लोकतान्त्रिक विधि हो ?गठबन्धन भए नी भित्रभित्रै के गर्ने भन्ने त मलाई पनि थाहा थियो तर आफ्नै पार्टीका उम्मेदवारलाई समेत भोट नहाल भन्दै हिड्दा कस्तो मन मानेको यार ? छेउमा रहेका अर्का लोकतन्त्रका ब्याख्याकार ले थपे —त्यही त बाहिर गठबन्धनमा जे भने पनि भित्र त कम्तिमा आफ्नालाई त भोट माग्नु पर्छ नि ,हाम्ले पनि गठबन्धनको नियम पालना गरेनौँ तर आफ्ना छोडेर अर्को पार्टीका उम्मेदवारलाई त भोट हालेनौँ पनि मागेनौँ पनि तर पार्टीकै नेता र कार्यकर्ताले अर्को पार्टीका उम्मेदवारलाई भित्रभित्रै भोट मागे पछि जित्ने त चान्स नै भएन नि यार ।
तेस्रा विज्ञ अघि देखि मुख तिर्खादै थिए उनी पनि के कम दुई शब्द पोखे — अन्तरघातले आत्मघाती जन्माको भनेको यही हो । गठबन्धन भित्र अन्तरघात सम्मको त अनुमान गर्न सकिन्थ्यो तर आफ्नै पार्टी भित्रै महा अन्तरघात भएकाले आज यो दिन देख्नु परेको छ । पहिलाका पात्र आँखा राता पार्दै थप्छन्— मलाई त शुरुकै दिनमै शंका लागेको थियो गला मात्र मिलेको हो मन मिलेको छैन भनेर तर के गर्नु र यार ! दोस्रा वक्ताले थपे — हाम्रो नगरमा गठबन्धन नै फापेन यार बरु नगरेको भए हुने थियो । तेस्रा वक्ता पनि के कम उनले थपे— गठबन्धनको कुरा होइन हामीलाई नै पद र कुर्सी नफापेको हो, आफ्नैले धोखा दिए पछि अरुलाई दोष दिएर के फाईदा ?पल्लो छेउमा बसेका अर्का अपरिचत एक्कासी आवेशमा आए उनको व्याख्या अलिक क्रान्तिकारी स्टाइलको थियो— राजनीतिमा बेइमानी भनेको यही हामीलाई धोखा दिने हुँदा आफैले पुर्परोमा हात लगाउनु प¥यो, हाम्ले त इमानका साथ मनले नमाने पनि राजनीतिक धर्म हो भनेर गठबन्धनको नियमलाई पालना गरेका थियौँ तर तिमीहरुले हामीलाई त धोखा दिएनौँ मात्र आफैले आफैलाई धोखा दियौ । उनको स्वरमा स्वर थप्दै अर्का वक्ताले थपे— मलाई त तपाईँहरुको कुरा सुन्दा हाँस्न पो मन लागेको छ, अब हाँस्नु परेसी हाँस्ने प¥यो नि , हामीले त तपाईहरुलाई पहिला नै त्यति धेरै विश्वास गरेका थिएनौँ तर पनि गठबन्धन हो लौ नत भनेका थियौँ । यस्तै हुन्छ भन्ने लगभग पहिलानै लागेको थियो जे लागेको थियो त्यही भयो । अब रोएर के गर्नु बरु हाँस्नै प¥यो नि काम नै हाँस्ने टाइपको गरेसी त !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button