सृजनाको चौतारी

आँखामा मुल पलायो

थाह छैन कसरी आँखामा मुल पलायो
धेरै भयो यी ओठमा हाँसो हरायो
न त किन्न पाउने हजुर न खोजेर पाउने
एक्लै बस्यो तेसैतेसै याद मात्र आउने
सम्झनाको भट्टीमा यो मन जलायो
धेरै भयो यी ओठमा हाँसो हरायो
केल्ले धुने मन हजुर पीर गएन्
दुनियाँबाट कहि कतै मन अडेन्
आँखामा अश्रुधाराको भेल आयो
धेरै भयो यो ओठबाट हाँसो हरायो
जीवन र जगतलाई हजुर बुझ्न सकिन्
भुल थियो निष्ठुरीसंग आफै वहकिन्
मिठा मिठा सपना थिए खै कहा उडायो
धेरै भयो यो ओठमा हाँसो हरायो
(फेसबुकबाट साभार गरिएको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button