मूल खबर

फास्ट ट्रयाकको सुरुङ खन्ने काम रोकियो

काठमाडौं
निर्माणाधीन काठमाडौँ–तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक)को सुरुङ खन्ने काम रोकिएको छ । दुई खण्डमा खनिँदै आएको काम ठेक्का सम्झौताअनुरूप नदेखिएकाले नेपाली सेनाले ठेकेदारलाई काम रोक्न निर्देशन दिएको हो । चिनियाँ ठेकेदारले सुरुङ खन्नका लागि सम्झौताअनुसारको ‘थ्री आम्र्स जम्बो’ मेसिन नल्याई सामान्य रूपमा खन्न थालेकाले कामको गुणस्तर पनि कमजोर रहेको पाइएपछि तत्काल काम रोक्न निर्देशन दिइएको हो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले निर्माण कम्पनीबाट अहिलेसम्म भएका सुरुङसँग सम्बन्धित कामको गुणस्तर जाँचबुझ तथा समीक्षा गर्न सुरुङ खन्ने काम रोकिएको जानकारी दिए । उनले भने, “द्रुत मार्ग आयोजनाले नियुक्त गरेको परामर्शदाता कम्पनीले अहिले सुरुङ मार्गको पुनरावलोकन गरिरहेको छ । अहिलेकै गुणस्तर तथा गतिमा कामलाई अगाडि बढाइने वा थप गर्नेलगायतका विषयमा समेत निर्माण कम्पनीसँग छलफल गर्नुपर्ने भएकाले समेत काम रोकिएको हो ।” द्रुत मार्गको अहिलेसम्म ५० मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको प्रवक्ता सिलवालले जानकारी दिए ।  गोरखापत्र दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button