खेलकुद

डिफेन्डर गोमेज लिभरपुलमै रहने

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका डिफेन्डर जो गोमेजले क्लबमा थप पाँच वर्षको सम्झौता नविकरण गरेका छन् । २५ वर्षीय गोमेजले बिहीबार क्लबसँग थप ५ वर्षको सम्झौता नविकरण गरेका हुन् ।

यो सँगै गोमेज सन् २०२७ सम्म एनफिल्डमा रहनेछन् । सन् २०१५ मा लिभरपुल आएका गोमेजले लिभरपुलका लागि १४२ खेल खेलेका छन् । उनले घुँडाको चोट र एंकलको इन्ज्युरीसँग संघर्ष गरिरहेका छन् ।

‘म अझै जवान महसुस गर्छु र मेरो अगाडि उत्कृष्ट वर्षहरू छन् । मलाई अझै भेरै सिक्नु छ ।’ उनले भने, ‘मैले राम्रो स्थानमा यो अवसर पाइरहेको छु । मेरो प्रशिक्षक, कोचिङ स्टाफ र मेरो टोलीका साथीहरूले मलाई सहयोग गरिरहेका छन् । मैले क्लबमा राम्रो गर्न सक्ने विश्वास छ ।’

चार्लटन एथलेटिक युवा उत्पादनले लिभरपुललाई च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, काराबाओ कप, युईएफए सुपर कप र फिफा क्लब विश्व कप जिताउन मद्दत गरेको छ । गत सिजन चोटसँग संघर्ष गरिरहेका गोमेजले २१ खेलमा अवसर पाएका थिए ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button