
जी एन शर्मा
विचार
व्यक्तिगत रुपमा भन्नु पर्दा मेचीनगर नगरपालिका संचार मैत्री भएन भनेर म पटक्कै गुनासो गर्दीन । यो भन्दा अघि जस्तो थियो यसपटक पनि त्यस्तै भयो अझ भन्नु पर्दा यो भन्दा अघि मेचीनगर क्षेत्र भित्रका संचार माध्यामलाई भनेर ‘लोक कल्याणकारी ’विज्ञापनका नाममा दिइएको अनुदान रकम नगर बाहिरका संचार माध्यामले समेत लगेको रेकर्ड राखेको भए नगरपालिकामा हुनु पर्छ । यति मात्र होइन कतिपय दर्ता नै नभएका संचार माध्यामलाई समेत चिनजानका भरमा रकम दिइएको थियो त्यसको पनि रेकर्ड राखेको भए होला । म आफु सम्बद्ध रहेको अनलाइनलाई त करिब चार वर्ष सम्म अघोषित रुपमा निषेध नै गरिएको थियो । नगरपालिका भित्र पहुँचका आधारमा संचार माध्यामलाई दिइएको लाखौँ रकमको रेकर्ड पनि हुनु पर्छ । मेचीनगरपालिका क्षेत्र बाहिरका मात्र होइन राजधानी तिरका अनलाइनलाई र केही संचार माध्यामलाई एक मुष्ठ मोटो रकम समेत दिइएको छ ।तर, थोरै विडम्बनानै भन्नु पर्छ नगरपालिकाले नगर सभामा बजेट प्रस्तुत गर्छ नगरकै संचारकर्मीहरु बेखबर हुन्छन । नगरपालिकाले बजेट विनयोजन गर्छ संचार माध्यामलाई अपमानको रुपमा प्रस्तुत गरिन्छ । फेरि पनि व्यक्तिगत रुपमा मलाई रत्ति पनि गुनोसा छैन किनपनि छैन भने जे होला भन्ने आशा नै छैन भने त्यो नहुनु अनौठो मान्न पनि हुदैन । चिनजान र निकटताका आधारमा भोलीका दिनमा हिजोकै जसरी संचार माध्याम शिर्षकमा भित्रभित्रैबाट एक मुष्ठ मोटो रकम दिने परम्परा कायम रहन्छ भन्ने कुरामा म ढुक्क छु । मेचीनगर नगरपालिका संचार मैत्री बन्थ्यो भने एक पटक यहाँका संचार माध्याम र संचारकर्मीहरुलाई सल्लाहका लागि सम्म पनि झारै टार्नका लागि भएपनि बोलाउन के ले छेकेको थियो त ? यहाँका संचार माध्याम र संचारकर्मीहरुले मौखिक र लिखित सुझाव नदिएका पनि होइनन् तर सुन्ने फेरि कसले ? हिजोका दिनमा पनि ‘आफ्नालाई वर ’को नीति नलिएको भए पो केही होला कि भन्ने आश राख्नु विगतको परम्परालाई कायम राख्ने ‘चिनजानवाद’ यसपटक रहन्छ भन्ने कुरामा म चाँही ढुक्क छु ।
केही जनप्रतिनिधिले त मेचीनगरका पत्रकारहरुलाई समेत ‘उहाँ त ठूलो पत्रकार’ चिन्नु हुन्न ? भनेर परिचय गराएको र ठूलो पत्रकारको संचार माध्यामलाई ठूलो रकम दिइएको प्रमाण नगरकै पत्रकारहरु सँग सुरक्षित रहेको देखिन्छ फेरि पनि यहाँका पत्रकारहरुले आफ्नो नगरपालिकालाई सहयोग नै पु¥याउने सोचले संचार सम्बन्धि सुझाव पठाए तर सुझाव कतै आराम गरेर बसेको होला !कतिपय पत्रकार साथीहरुले गुनासो पनि गरेको सुनिन्छ यसपाली त यस्तो हुदैन होला भनेको पहिलाको भन्दा पनि ‘हेपे’ भनेर । मलाई त लाग्छ जे हुनु थियो त्यही भयो, जस्तो होला भन्ने लागेको थियो त्यस्तै भयो । मेचीनगर क्षेत्रका संचार माध्याम र संचारकर्मीहरुका लागि मेचीनगर नगरपालिकाले कार्यक्रम न ल्याएको भए पनि हिजो कै पारामा चिनजानका भरमा अरु कुनै संचार माध्यामले एक मुष्ठ रकम पाए भने त्यो पनि संचार माध्यामकै शिर्षकमा संचार माध्यामकै हितमा हुने त हो यसर्थ नगरपालिकाले मेचीनगर क्षेत्रका संचार माध्यामका लागि ठोस कार्यक्रम ल्याएन भनेर गुनासो गर्नु भन्दा जे हुनु थ्यो त्यही भयो भनेर चित्त बुझाउनुको विकल्प छ जस्तो लाग्दैन ।



