पीडा माथि नुनचुक ! कताछन् अधिकारकर्मीहरु?कता गए सामाजिक अभियान्ता भन्ने हरु ?


करिब दुई महिनाअघि विद्यालयका प्रधानाध्यापकबाट यौन दुव्र्यवहारमा परेकी झापा मेचीनगर नगरपालिका वडा नं ७ स्थित अरनीको माविकी शिक्षिकाको पीडा माथि नुनचुक थप्ने काम भएको छ ।

झापा मेचीनगर नगरपालिका–७ गोमनसरीस्थित अरनीको माविमा कार्यरत शिक्षिका सोही विद्यालयका तत्कालीन प्रधानाध्यापक बाट यौन दुव्र्यवहारको सिकार भएको घटना सार्वजनिक भएको थियो ।

एकल महिलासमेत रहेकी उनी सोही निहुँमा समुदायबाटै अनेक दुःख पाइरहेकी छन् । केही अभिभावकहरूले विद्यालय प्रशासनलाई दबाब दिँदै शिक्षण पेसाबाट निष्कासन गर्नुपर्ने माग राख्दै विद्यालयलाई ज्ञापनपत्रसमेत बुझाएको विषय अहिले सार्वजनिक भएको छ ।

उनी माथि अहिले पीडामाथि नुनचुक थप्ने काम भएको छ ।
आफ्नो जिम्मेवारीलाई पुरा गरिरहेकी उनी माथि झुठा अर्थात अप्रमाणित आरोप लगाएर उनलाई पेशाबाटै निकाल्नु पर्ने निवेदन सो बिध्यालयमा केही अभिभावकले दिनुले यो समाज कस्तो न्याय दिन खोजीरहेको छ ! गंभीर प्रश्न जन्मन पुगेको छ । शिक्षिकाले अहिले न्यायका लागि सार्वजनिक रूपमै अपिल गरेकी छन् । अभिभावक चन्द्रकला अधिकारी, डिगबहादुर भट्टराईलगायत ७२ जनाले उनीविरुद्ध बिध्यालयमा निवदेन दिएको बुझिएको छ ।

उनीहरूले आवश्यक कारबाही गरी पाउँ भन्ने निवेदन साउन १३ गते विद्यालय व्यवस्थापन समिति र मेचीनगर–७ वडा कार्यालयलाई बुझाइसकेका छन् ।

सो निवेदन विद्यालय प्रशाशनले दर्तासमेत गरिसकेको बुझिएको छ । निवेदनमा हिंसा प्रभावित महिला शिक्षकलाई ‘चरित्रहीन’को संज्ञा दिइएको छ । निवेदनमा भनिएको छ, ‘शिक्षिकालाई स्कुलबाट बर्खास्त गरी शिक्षक–विद्यार्थीको समेत संरक्षण गरी अनुशासित र मर्यादित भई विद्यालय सञ्चालन गर्न गराउन शिक्षक–शिक्षिकाहरूलाई निर्देशन दिनु हुन सञ्चालक समितिलाई अनुरोध गर्दछौँ ।’ यदि हाम्रो निवेदन उपर कारबाही नभए हाम्रा छोराछोरी विद्यालय नपठाउने र विद्यालयमा समेत तालाबन्दी गर्ने भनी निवेदनमा उल्लेख छ ।
आफ्नो कर्तब्यप्रति निष्ठाका साथ लागिरहेकी एक शिक्षिका माथि यो हद सम्मको अन्याय भएको विषय सार्वजनिक हुदा समेत आजका मिति सम्म यहाँका राजनीतिक दल, अधिकारकर्मीहरु, सामाजिक अभियान्ता र आफुलाई सचेत भन्ने समूह मौन देखिनु आफैमा उदेकको विषय बनेको छ । महिला अधिकारका विषयमा बोलेर नथाक्नेहरु आज कताछन् ? आफुलाई सामाजिक अभियान्ता र अधिकारकर्मी भनेर चिनाउनेहरु अहिले के गर्दैछन् ? मेचीनगरको समाज आफैले सोधीरहेको छ ।

50% LikesVS
50% Dislikes