मूल खबर

झापा क्षेत्र नं ५ मा काँग्रेसका युवा नेता मेदनीको चर्चा

दमक । मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा विभिन्न दलका आकांक्षी र संभावित उम्मेद्वारहरुको चर्चा शुरु भएको छ । नेकपा(एमाले)का अध्यक्ष केपी ओलीको पकड भनिने गरिएको झापा क्षेत्र नं ५ मा काँग्रेसका युवा नेता मेदनी सिटौलाको चर्चा शुरु भएको छ । नेपाली काँग्रेस भित्र शालिन र संभावना बोकेको भनेर चिनिएका सिटौलाको उम्मेदवारी पार्टीले निश्चित ग¥यो भने यस पटकको निर्वाचनमा उक्त क्षेत्रमा ओली र सिटौलाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
झापा क्षेत्र नं ५ कै महारानीझोडाको जत्र्चौनमा जन्म हुर्केको सिटौलालाई भद्र र शालिन युवाका रुपमा समेत मतदाताले चिन्ने गरेको स्थानीय काँग्रेसका कार्यकर्ताहरु बताउँछन् । क्षेत्र नं ५ सिटौलाको आफ्नै गाउँ जस्तो भएको र आम मतदाताको रोजाई आगामी दिनमा युवा नेतृत्व छनौट हुने भएकाले सिटौलाको संभावना बलियो रहेको काँग्रेस कार्यकर्ताहरुको तर्क छ । आफ्नो उम्मेदवारीको चर्चाका विषयमा चौतारी पोष्ट अनलाइनको जिज्ञासमा सिटौलाले भने — पार्टीले मलाई नै उम्मेदवार बनाउनै पर्छ भनेर म भन्दिन तर मलाई लाग्छ यदि पार्टीले मेदनी सिटौला क्षेत्र नं ५ का लागि काँग्रेसको उम्मेद्वार बनेर पार्टी र जनताको शीर उठाउन सक्छ भन्ने लाग्छ भने मेदनी सिटौलालाई क्षेत्र नं ५ का मतदाताले अत्याधिक मतले जिताउनु हुन्छ भन्ने मलाई विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button