
गजल!
कहिले खोला त कहिले बगर देखाउँछन,
बिदेशी लाई देश लुटाउने भर देखाउँछन।
मागेर खाने बानी बसेकैछ अल्छिहरूको,
आफ्नो देश भित्रिन सक्ने चर देखाउँछन।
आफुलाई रातो सेतो झण्डाले ढाक्नेहरू,
बिदेशीलाई आफ्नो गाउँ सहर देखाउँछन।
बिदेशको दलाली गर्न पल्केका दागिहरू,
चुनाव जित्नलाई सधैभरी डर देखाउँछन।
खोला नाला जस्तै नागरीकता समेत बेची,
जनतामा दुश्मन भित्राउने कर देखाउँछन।
शहिदले पोखे रगत गुमनाम भए उनिहरू,
अवसरवादले आफन्ति अम्मर देखाउँछन।



