सम्पादकीय
हामा धेरै अपेक्षाहरु अहिले पनि अधुरा र अपुराछन् फेरि पनि यसको पूर्णताका लागि हामी आफै जाग्नु र उठ्नुको विकल्प छैन । सन्दर्भ अहिले निर्वाचनको छ , समय मौन अवधिको छ । हामी पाँच वर्षका लागि देश कस्तो बनाउने र हामी कस्ता हुने भन्ने महत्वपूर्ण निणर्य गर्ने अवस्थामा छौँ । अर्थात हामी मंसीर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नै प्रतिनिधि चुन्ने र छान्ने निणर्य गर्ने जिम्मेवारी बोक्ने तयारीमा पनि छौँ । जनचाहाना र जनसपनाहरुलाई आत्सात गरेर देश र जनताको पक्षमा मनदेखि लाग्ने या बोलीमा एक र व्यवहार अर्को कर्म गर्ने कस्तो उम्मेद्वार छनौट गर्ने र आफ्ना प्रतिनिधि आफैले बनाउने निक्कै महत्वको निणर्य मतदानबाट गर्ने जिम्मेवारी अहिले हाम्रो काँधमा आएको छ । लोकतन्त्रलाई जनसपना र जनचाहाना अुनसारको प्रणालीको रुपमा विकास गरेर जनअपेक्षालाई लिएर अघि बढ्ने उम्मेद्वारले नै हाम्रा सपनाहरु पुरा गर्छन् । व्यवस्थाको परिर्वतनले एकहद सम्म त काम गरेको छ तर अवस्थामा पनि परिवर्तन गर्न आवाश्यक छ । जव सम्म आम जनताले प्रत्यक्ष रुपमा लोकतन्त्रलाई प्रत्यक्ष रुपमा महशुष गर्न सक्तैनन् तब सम्म प्रणालीमा आएको परिवर्तनले जनतामा खासै उत्साह भर्दैन यसका लागि अवस्था पनि परिवर्तन हुन आवाश्यक छ । यसर्थ जनभावनालाई बोक्न सक्ने र राजनीतिलाई जनसेवा बनाउने प्रतिनिधिको छनौटले नै हाम्रो मतको सदुपयोग हुनेछ । निर्वाचनका लागि मात्र मतदान नभएर देश र जनताको हितका लागि मतदान हुन आवाश्यक छ । मंसीर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा हामीले असल उम्मेद्वारको छनौट गर्न सक्यौँ भने भोलीका दिनमा यसको परिणाम पनि हाम्रो मतको सार्थक बन्न सक्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन हो । जनताको मतबाट छानिएका प्रतिनिधिहरुले भोलीका दिनमा प्रत्येक मतलाई मायाँ गरेर जनसपना र जनअपेक्षा अनुसारका काम गर्न सकुन् ।र, हामी मतदाताले समेत हाम्रा भन्दा पनि राम्रा हाम्रा जनप्रतिनिधि चिन्न र चुन्न सकौँ !
0 32 1 minute read



