
धुलाबारी ।
विश्व कविता दिवसको अवसर पारेर कवि राम कट्टेलले आफ्नो कविता संग्रह ‘जीवनका मोडहरु’आज सार्वजनिक गरेका छन् ।
कट्टेलको जीवनका मोडहरु कविता संग्रहको काङ्ग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले मंगलबार विमोचन गरेका हुन् । राजनीतिककर्मी कट्टेलको यसअघि कथा संग्रह सम्बन्ध लेखेका थिए।
सरल भाषामा साहित्य सिर्जना गर्ने कट्टेलले सम्बन्ध नामाकरण गरेर कथा सँगालो सार्वजनिक गरेका जीवनका मोडहरु लोकार्पण गराएका हुन्।



