मूल खबर

रुसी सेनामा गएका ६ नेपालीको निधन भएको पुष्टि

काठमाडौं ।

रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ। आज एक विज्ञप्तिमार्फत परराष्ट्र मन्त्रालयले अहिलेसम्म ६ नेपालीको मृत्यु भएको जानकारी दिएको हो।

मन्त्रालयका अनुसार गोरखाका सन्दिप थपलिया, बाणगंगा १ कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाको पुतलीबजार ५ का पितम कार्की, मेलुङ्ग ६ दोलखाका राजकुमार रोका र इलाम ५ का गंगाराज मोक्तानको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्टट्र मन्त्रालयले मृतकको शव नेपाल पठाउन रुसी सरकारसँग अनुरोध गरिएको बताएको छ।

साथै सरकारले नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नगर्न र भर्ना गरेको भए तत्काल नेपाल फर्काउन पनि रूसी सरकारलाई आग्रह गरेको छ। रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक श्री विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ।न्यूज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button