खबर

मोरङ किराँत गोल्डकपको सेमिफाइनलमा

बल खोस्ने प्रयास गर्दै दार्जिलिङका रातो र मोरङका खेलाडी । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम। डिएससी मोरङ फिदिममा जारी वाइवाइ ‘प्रथम वाइवाइ अन्तराष्ट्रिय आमन्त्रण किराँत गोल्डकप’को सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा मोरङले युनाइटेड फुटबल क्लब दार्जिलिङलाई ६–३ गोलले हरायो ।

मोरङको जितमा सञ्जय धिमाल र अभिषेक लिम्बूले दुई दुई तथा उमेश राई र अरुण लिम्बूले एक एक गोल गर्नुभयो । दार्जिलिङकातर्फबाट रोहित थापा, आशिष राई र गणेश लिम्बूले गोल गर्नुभयो । डिएफसी मोरङका अभिषेक लिम्बू म्यान अफ दि म्याच हुनुभयो ।

उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।प्रतियोगिता अन्तर्गत मङ्गलबार हिमालयन शेर्पा क्लब र कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङबीच प्रतिस्पर्धा हुनेछ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button