खबर

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि, महाधिवेसनको मिति तय गरिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दैछ । आलोकनगरस्थित केन्द्रीय कार्यालयमा अहिले बिहान ११ बजे बस्ने बैठकले माघ १४ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन सार्न सहमत भए पनि मितिका बारेमा सम्भवतः आज टुंगो लगाउने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन । साथै, बैठकमा अन्तर पार्टी निर्देशनको बिबाद र राष्ट्रियसभाको निर्वाचनसहित समसमायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।

नेकपा एसले एमालेबाट अलग भएपछि पहिलो अधिवेशन माघमा गर्ने भनेर मिति तय गरे पनि अध्यक्ष माधवकुमार नेपालले तयारी गर्न नसक्ने भन्दै सो महाधिवेसनको मिति सार्ने प्रस्ताव गरेका छन । राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुने भए पछि माघ १४ गते हुने भनिएको महाधिवेसन सम्भवः नहुने भन्दै अध्यक्ष नेपालले त्यसको मिति सार्ने प्रस्ताव गर्ने जनाइएको छ ।

तर, महाधिवेसनको मिति सारे पनि एक दुई हप्तामात्रै सार्नु पर्ने सम्मानित नेता झलनाथ खनालको तर्क छ भने नेपालले कम्तिमा १–२ महिना नै सार्नु पर्ने प्रस्ताब गरेका छन् ।रिपोटर्स नेपालबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button