खबर

छातीमा असहज भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरामी परेपछि गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ ।

उनलाई छातीमा असहज महसुस भएपछि मंगलबार राति गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । उनको सचिवालयले जनाए अनुसार मन्त्री श्रेष्ठको गएराति नै एन्जियोग्राम गरी देब्रे नसाको एन्टेरियर डिसेन्डिङ कोरोनरी आर्टरी गरिएको छ ।

यसअघि गएको कात्तिक १ गते चीन भ्रमणका क्रममा श्रेष्ठलाई हृदयाघात भएको थियो। हृदयाघात भएपछि बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा एक सातासम्म उपचार गराएर उनी स्वदेश फर्किएका थिए।श्रेष्ठका स्वकीय सचिव विजय गौतमका अनुसार अहिले श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।रिपोटर्स नेपालबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button