
कविता
उनले उनको मालिकको महिमा गरे
उनी पनि के कम उनले चर्को स्वरमा जयजयकार नै गरे
छेउकाले उफ्रीदै चिच्याए मालिकको जय होस
रमिता हेरि रहेका मालिकहरुले मुखामुख गरे
सबैले आअफ्ना भुँडी सुम्सुम्याउँदै गजक्क परे
छेउमा उभिएको एउटा लिखुरेले पनि यो तमासा हेरिरहेको थियो
मालिकहरुका अन्धदासहरु पटि फर्केर हे¥यो
मालिकहरुको झुण्डमा आँखा डुलायो
खोलाको पानी उर्लेर गाउँ पसको थियो
पहिरोले गाउँसगै गाउँले कुदाईरहेको थियो
पहिरो र बाढी भित्र मान्छे हराई रहेका थिए
मालिकहरु धमाधम कुर्सी तानातानमा थिए
भन्दै थिए यो देशका लागि जनताका लागि हो
संविधानका लागि हो लोकतन्त्रका लागि
सुखी नेपालीका लागि हो, समृद्ध नेपालका लागि हो
लिखुरे फिस्स हास्यो , सानो स्वरमा आफैले मात्र सुन्ने गरि भन्यो
नेताहरु !


