खबरहेड लाइन

आगामी आर्थिक वर्षको बजेट भोलि

काठमाडौँ, जेठ १४ गते । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने भएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले जेठ १५ गते ४ बजे बस्ने संयुक्त बैठकका लागि ३:४५ बजे नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई उपस्थित भइसक्न सूचित गर्नुभएको हो । नेपालको संविधान जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button