खबर

नाइजेरियामा सेनाको ड्रोन दुर्घटना, ८५ सर्वसाधारणको मृत्यु

फाइल तस्बिर।

नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार ८५ सर्वसाधारणको मृत्यु भएको राज्य सञ्चालित आपतकालीन एजेन्सीले जनाएको छ ।

उत्तरपश्चिम क्षेत्रीय कार्यालयले स्थानीय अधिकारीबाट प्राप्त गरेको विवरणअनुसार अहिलेसम्म ८५ वटा शव प्राप्त भएको छ भने, अन्य हराइरहेका मानिसको खोजी जारी रहेको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले आफ्नो फेसबुक पेजमा मङ्गलबार उल्लेख गरेको छ।

यता सेनाले भने असावधानीले ड्रोन दुर्घटना हुँदा मुस्लिम पर्व मनाउँदै गरेका मानिस पीडित भएको बताएको छ । सेनाले कुनै हताहतीको तथ्याङ्क भने दिएको छैन । तर त्यहाँका बासिन्दाले भने ८५ जना मारिएको दाबी गरेका छन् ।अन्नपूर्ण पोष्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button