मूल खबरहेड लाइन

ईप्रका काँकरभिट्टाका कार्यालय सहयोगी झुण्डीएको अवस्थामा फेला परे

काँकरभिट्टा । ईलाका प्रहरी कार्यालयको ब्यारेक भित्र कार्यालय सहयोगी (भान्से)निरबहादुर विक झुण्डीएको अवस्थामा फेला परेकाछन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काका अनुसार ईप्रका काँकरभिट्टामा कार्यालय सहयोगी (भान्से)का रुपमा कार्यरत विकले एक तले प्रहरीको व्यारेक भित्र भित्रबाट ढोका बन्द गरेर तन्नाको पासो लगाई पंखामा झुण्डीएको अवस्थामा भेटिएको बताए । प्रवक्ता खड्काका अनुसार दिउँसो करिब दुई बजेको समयतिर भित्रबाट ढोका लगाएको अवस्थामा व्यारेककै पंखामा उनलाई झुण्डीएको अवस्थामा भेटिएको उनले बताए । घट्नाका विषयमा प्रहरीले अनुसंधान गरिरहेको र घट्नाका विषयमा परिवारलाई जानकारी गराईएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button