स्वास्थ्य

सर्पले डस्यो? यी ५ गल्तीहरु नगरौं!

डा शेरबहादुर पुन

वर्षातको मौसममा सर्पदंशका घाइते ह्वात्तै बढ्ने गर्दछन्। तराईंमा सर्पदंश एक सार्वजनिक स्वास्थ्य (पब्लिक हेल्थ) समस्याको रुपमा वर्षौदेखि देखिदै आइरहेको हो। र यसैको कारणले सयौंको मृत्यु समेत हुने गरेको छ। तराईंमा मात्र नभएर पहाडी इलाकामा पनि सर्पदंशको घाइतेहरु उल्लेखनीय संख्यामा देखिने गर्दछ। सर्पदंश उपचार केन्द्रको अभाव (वा थाहा नहुँदा वा ढिलो पुग्दा) तथा जनचेतनाको कमी नै मृत्यु हुनुका मुख्य कारकहरुमध्ये प्रमुख मानिन्छ।सर्पले टोकेपछि घाइते आत्तिनु र सल्लाहको अपेक्षा गर्नु स्वाभाविक हो। तर सल्लाह सहि भएन वा गल्ती गरिए घाइतेको स्वास्थमा जटिलताहरु देखिन सक्ने वा मृत्यु समेत हुनसक्दछ।

तसर्थ सर्पले डसे यी निम्न कुराहरु नगरौं/ नगराऔ:

१) नआत्तिऔं किनभने टोक्ने सबै सर्प विषालु हुँदैन (नेपालमा पाहिने ७३ प्रतिशत सर्प विषालु छैन) र सर्पलाई खोज्ने, समात्ने वा मार्ने प्रयास नगरौं।

२) टोकेको ठाउँमा धागो वा टरनीकेटले कसेर नबाधौं।

३) विष निकाल्ने भनेर टोकेको ठाउँमा काट्ने (चक्कु वा ब्लेडले) र मुखले चुस्ने नगरौं।

४) चिकित्सकको सल्लाह बिना कुनै पनि औषधिको प्रयोग नगरौं।

५) टोकेको भागलाइ नचलाऊ।

वर्षेनी सर्पको टोकाई हुने ठाउँका वासिन्दाहरुले सर्पदंश उपचार केन्द्रको बारेमा (कहाँ छ भनेर) जानकारी राख्ने, सर्पले टोकी हालेमा तुरुन्त अस्पताल पुर्‍याउने साधन उपलब्ध/तयारी अवस्थामा राख्ने (जस्तै तराईंमा भए मोटरसाइकल) र भौगोलिक कठिनाईले (खासगरी पहाडी इलाकामा) घाइतेलाई सर्पदंश उपचार केन्द्रसम्म लग्न केहि ढिलाई हुने भए स्वस्थाकर्मीलाइ तुरुन्त सम्पर्क गरेर प्राथमिक उपचार सम्बन्धी सल्लाह/जानकारी लिने गरे सर्पको टोकाईबाट हुनसक्ने जटिलता वा मानविय क्षतिलाई कम/रोक्न सकिनेछ।

-(डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)swsathyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button