खबर

बन्दुकधारीले चर्चमा गोली चलाउँदा ५० जनाको मृत्यु

एजेन्सी ।

नाइजेरियाली सरकारले आइतबार देशको दक्षिणपश्चिमी भागमा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ५० जनाको ज्यान गएको जनाएको छ । ओन्डो राज्यका प्रहरी प्रवक्ता फनमिलायो इबुकुन ओदुन्लामीका अनुसार बन्दुकधारीहरूले विस्फोटक पदार्थसमेत बोकेका थिए । आक्रमणको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।

घटनालाई ‘ठूलो नरसंहार’ भन्दै ओन्डो राज्यका गभर्नर अरकुन्रिन ओलुवारोतिमी अकेरेडोलुले घटनास्थल र घाइतेहरूको अस्पतालमा निरीक्षण गरेका छन्।

नाइजेरियामा क्याथोलिक चर्चका प्रवक्ता रेभेरेन्ड अगस्टिन इक्वुले भने, ‘यो धेरै दुखको कुरा हो कि पवित्र प्रार्थना चलिरहेको बेला अज्ञात बन्दुकधारीहरूले सेन्ट फ्रान्सिस क्याथोलिक चर्चमा आक्रमण गरे । आक्रमणमा धेरै जनाको मृत्यु र अन्य धेरै जना घाइते भएका छन् । ’

पेन्टेकोस्टको इसाई चाडमा भएको आक्रमणको पोप फ्रान्सिसले निन्दा गरेका छन् । उनले पीडित र नाइजेरियाका लागि प्रार्थना गर्ने बताएका छन् ।

राष्ट्रपति मुहम्मदु बुहारीले पीडितले न्याय पाउने बताएका छन् । नाइजेरिया जिहादीहरू र आपराधिक गिरोहले लामो समयदेखि हिंसात्मक आक्रमण गर्दै आएका छन् ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button