स्वास्थ्य

यस्ता छन् बालबालिकामा बढी देखिने मनोवैज्ञानिक समस्या

डा सिपी सेडाई

बालबालिकाको बानी सुधार्न अभिभावकको ठूलो हात हुन्छ। बालबालिकाले गरेको राम्रो कामलाई प्रोत्साहन दिने र नराम्रो कुरालाई रोक्ने उपाए सिकाउनाले भविष्यमा राम्रो युवकमा परिणत गराउन सहयोग पुर्‍याउँछ। यस बाहेक व्यक्तित्वको पनि केहि भूमिका रहेको हन्छ। बालबालिकाको बानी र अभिभावकको जिम्मेवारी नमिल्दा गलत सिकाई हुन जान्छ। त्यस्तै स्कुलको शिक्षकको पनि उत्तिकै ठूलो भूमिका छ, राम्रो बानी बसाल्नमा। बालबालिकाले गलत काम गरेपनि अभिभावकले ढाकछोप गर्दा नराम्रो कुरा गर्ने कुरामा प्रोत्साहन मिल्छ। त्यस्तै बालबालिकाले गरेको राम्रो काममा अभिभावक स्याबासी नदिदा पनि नराम्रो कुरा गर्न प्रोत्साहन मिल्छ, त्यसैले अभिभावकले यस्ता मनोवैज्ञानिक कुरा बुझनु जरुरी छ।

बालबालिकामा विभिन्न खालका मनोवैज्ञानिक समस्याहरु हुन्छन्।

बढी रिसाउने
कोही बालबालिकाहरु ५ देखि ६ वर्षमा बढी रिसाउने गर्छन् जुन साधारण हो। तर यो रहिरहेमा यसले समस्या ल्याउँछ। अभिभावकले रिसाउने बानी घटाउन प्रयास गर्नुपर्छ। त्यसो भएन् भने पछि गएर यसले मनोवैज्ञानिक समस्या ल्याउन सक्छ। यस्तो समस्या रहिरहेमा सम्बन्धित विषेशज्ञको सल्लाह लिनुपर्छ।

निद्रा गडबड हुने समस्या
बच्चाहरु राति नसुत्ने दिउसो सुत्ने, निद्रामा उठेर हिड्ने, निद्रामा अत्याधिक डराउने समस्या पाइन्छ।

खाने समस्या
कोहि बालकालिका गुलियो मात्र रूचाउने गर्छन। कोही कुनै वस्तु खान पटक्कै रुचाउँदैनन्। यसवाहेक कोहि बालबालिका माटो, ढुङ्गा, कागज खाने पनि हुन्छ। यस्ता बच्चाहरुमा रक्त अल्पता भएको हुन सक्छ।

अत्याधिक डराउने समस्या
बालबालिका अलिअलि डराउनु स्वभाविक नै हो। तर अत्याधिक डराउनु एक मनोवैज्ञानिक समस्या हो। डराउने वस्तुुसँग विस्तारै घुलमेल गर्दा यो समस्या घट्छ।

डिप्रेसन
कहिलेकाँही बालबालिकामा डिप्रेशन रोग देखिन्छ। खासगरी रिसाउने, विर्सने, पेट दुख्ने, रोइरहने, बढी निद्रा लाग्ने आदि लक्षण देखिन्छ।

स्कूल जान नमान्ने
कतिपय बालबालिका स्कुल जान नमान्ने, पेट दुख्ने, टाउको दुख्ने, वान्ता गर्ने यो मनोवैज्ञानिक कारणले भएको हो। स्कूल जान नमान्ने कारण शिक्षकदेखि डराउनु, साथीभाईले कुट्नु, नयाँ स्कूलमा भर्नाहुनु इत्यादि पर्छन्।

अनियमित पिशाव हुने
५ वर्ष भन्दा कम उमेरमा बालबालिकाले पिशाव नियन्त्रण गर्न नसक्नु सामान्य हो। तर ५ वर्ष वढी उमेरमा पनि यो समस्या रहयो भने त्यसको उपचार गर्नु पर्छ।

दिसा छुट्नु
बालबालिकाहरुमा ४ वर्ष भइसकेपछि पनि दिसा छुट्ने भएमा त्यसको उपचार गराउनु पर्छ ।

सामाजिक नियम उलङ्घन गर्ने
कोहि बालबालिका तोडफोड गर्ने, चोर्ने, झुटो वोल्ने, अटेरी हुने, कुटपिट गर्ने, स्कुलवाट भाग्ने, सामान फुटाईदिने आदि समस्या देखिन्छ। यसलाई सामाजिक नियम उल्ङ्गन गर्ने भनिन्छ।

बढ्ता छुकछुक गर्ने
कोहि बालबालिका वढ्ता छुकछुक गर्छन्। कुनै काममा एकाग्र भएर लाग्न सक्दैनन्। यिनिहरु मनमा जे आयो त्यहि गर्छन, खतरा संग खेल्छन। कतिपटक दुर्घटना पर्ने सम्भावना रहन्छ।

विषेश ब्यक्तिसँग नवोल्ने
केहि वालवालिका घरमा सवैसंग वोल्ने तर स्कूलमा केहि नवोल्ने गर्छन्। कोहि कसैसंग मात्र बोल्छन् अरु संग वोल्दैनन्। यसलाई विशेष व्यक्ति संग नवोल्ने भनिन्छ।

भकभकाउने
कोहि बालबालिका भकभकाइ बोल्ने गर्छन। यो साइकोलोनिकल कारणले भएको हुन्छ। कोहि डराउनाले यस्तो भएको हुन्छ।

उमेर अनुसार मस्तिष्क वृद्धि नहुनु
बालबालिकाको उमेर वृद्धि भए अनुसार मस्तिष्क विकास नहुनुलाई सुस्त मनस्थिती भनिन्छ। यस्ता बालबालिकालाई अरुले भन्दा फरक किसिमले सिकाउनु पर्छ। उनको वुद्धि अनुसारको काम दिनु पर्छ।

उपचार
– बालबालिकाको समस्याको विषयमा रोगको पहिचान गर्न सम्बन्धित डाक्टरको परामर्श लिने।
– बालबालीको बानी सुर्धान प्रोत्साहन दिने।
– काउन्सिलिङ, साइकोथेरापी र कतिपय रोगमा औषधिको प्रयोग गरिन्छ।
– वच्चामा हुने डिप्रेसनकोलाई एन्टिडिप्रेसेन्ट औषधि को प्रयोगबाट फाइदा हुन्छ।
– छारे रोगकोलागि औषधि ४ वर्ष सम्म खुवाउनु पर्ने हुन्छ।स्वास्थ्य खबरपत्रिकाबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button