स्वास्थ्य

डोकामा बिरामी, ‘कोमा’मा एम्बुलेन्स

काठमाडौं

कर्णालीबाट बालुवा बोकेर गमगढीतर्फ लागेको ट्याक्टर गत आइतबार मुगुको छायानाथ रारा नगरपालिका-१३ रुंगामा दुर्घटना भयो। दुर्घटनामा परी ३६ वर्षका लोकेन्द्र लावडको घटनास्थलमै मृत्यु भयो भने पाँचजना गम्भीर घाइते भए।

सदरमुकाममा जिल्ला अस्पताल र रेडक्रस सोसाइटीका दुईवटा एम्बुलेन्स भए पनि घाइतेलाई अस्पतालसम्म ल्याउन ट्याक्टर प्रयोग गर्नुपर्ने बाध्यता आइलाग्यो । जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएको छ। मर्मतमा कसैको ध्यान पुगेको छैन।

मुगु सदरमुकामसमेत रहेको छायानाथ रारा नगरपालिकाले चार वर्षअघि एम्बुलेन्स खरिद गयो। पाँच महिनादेखि एम्बुलेन्स नगरपालिकामै थन्किएको छ। प्रमुख जिल्ला अधिकारीले पटकपटक एम्बुलेन्स मर्मत गर्न दिएको निर्देशन पालनामा नगरपालिकाले अटेर गरेको छ। नगरपालिकाका सूचना अधिकारी शिवहरि रोकायले एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न निर्देशन भए पनि त्यसको पालना गर्न नसकिएको बताए।

‘प्राविधिक कुरा भएकाले एम्बुलेन्सको कुनकुन पार्टपुर्जामा खराबी आएको हो हामीलाई थाहा हुँदैन,’ उनले भने, ‘चालकलाई बनाउन भनेका छौं, पाँच महिनादेखि त्यसै थन्किएको छ।’  नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button