खबर

पाकिस्तानसँग ७ विकेटले हार्‍यो नेपाल

काठमाडौं ।

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। शुक्रबार भएको खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभर खेल्दै मात्र एक सय ५२ रन बनाउन सक्यो । नेपालका लागि उत्तम मगरले सर्वाधिक ५१ रन बनाए। दिपेश कँडेलले ३१ र ओपनर अर्जुन कुमालले २१ रनको योगदान गरे। पाकिस्तानका फास्ट बलर मोहम्मद जिसनले नेपाली ब्याटिङ लाइन ध्वस्त पार्दै ६ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएकाे पाकिस्तानले एक सय ५३ रनको लक्ष्य २६.२ ओभरमा तीन विकेट गुमाएर पुरा गर्‍यो । पाकिस्तानका लागि कप्तान साद बेगले ५० रन बनाए भने अजान वाइसले ५५ रन बनाए । यस्तै, मोहम्मद जिसनले ८ बलमा २० रन बनाए। नेपालका लागि गुल्सन झाले दुई र आकाश त्रिपाठीले एक विकेट लिएका थिए ।न्यूज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button