
कविता
बुढेसकालको जिवन हाम्रो ,
धेरै दुख: दाही।
मनमा हरेक तरङ्ग जाक्छ ,
देक्छु बृध लाई।
नत बोली प्रष्ट हुन्छ ,
न त कान सुन्ने।
हिडडुल गर्दा हातमा लौरी,
नटेकी नहुने।।
हिम्म्त आँउछ ,साहास आँउछ,
तर ,तागत छैन।
मनले सारा गर्छु भन्यो ,
तागत हुँदैन।
हात पाउ चल्न बंद भए,
अब कस्ले हेर्ने।
बुडेस काल आयोअब,
झनै पिर पर्ने।।
सारोभात निलिदैन ,
घाटि सुक्खा हुन्छ।
यस्ता कष्ट भोग्दा भोग्दै,
कहिले प्राण जान्छ।
छोरा छोरी हेर्न छाडे,
बृध यो जिवनी।
यही बेलामा लैजाउ काल,
निस्ठुरी नबनी।।
समाप्त
काकडभिट्टा झापा


