चौतारी संवादहेड लाइन

बाहुण्डाँगीको दर्दनाक यथार्थ ! मान्छे र बालीनाली दुवै जोखिममा।नेताको वाचा मात्रै, काम खोइ ? भिडियो संवाद

झापाको मेचीनगर नगरपालिका अन्तर्गत बाहुण्डाँगी क्षेत्र लामो समयदेखि जंगली हात्तीको आतंकबाट पीडित बन्दै आएको छ । मानवीय क्षतिसँगै किसानको बालीनालीमा ठूलो नोक्सानी हुने गरेको छ । हात्ती नियन्त्रणका लागि राज्य, स्थानीय तह तथा विभिन्न निकायबाट पटक–पटक प्रयास भएपनि समस्या अझै समाधान हुन सकेको छैन ।

चुनावका समयमा अधिकांश राजनीतिक दल र उम्मेद्वारहरूले “हात्ती नियन्त्रण” लाई मुख्य एजेण्डा बनाउने गरेका छन् । तर चुनाव सकिएपछि प्रतिबद्धता कार्यान्वयन नहुँदा स्थानीयवासी निराश बन्दै गएका छन् ।

आजको संवादमा हामीसँग हुनुहुन्छ विश्लेषक तथा बाहुण्डाँगी क्षेत्रकै बासिन्दा गोविन्द न्यौपाने । उहाँसँग हामीले हात्ती आतंकको वास्तविक अवस्था, राजनीतिक प्रतिबद्धता, स्थानीयको पीडा र सम्भावित समाधानका उपायबारे विस्तृत कुराकानी गरेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button