
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसदमा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिपछि देशभर बहस भइरहेका बेला अभिनेता राजेश हमालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
हमालले सीमा क्षेत्रमा हुने सामान्य अतिक्रमण र राज्य-प्रायोजित भू-अतिक्रमणबीच ठूलो भिन्नता रहेको स्पष्ट पार्दै यी दुई विषयलाई एउटै रूपमा बुझ्न नहुने बताएका छन्। उनले नेपाल–भारत खुला सीमाका कारण स्थानीय स्तरमा देखिने समस्या संवाद, संयुक्त सर्वेक्षण र सहकार्यबाट समाधान गर्न सकिने उल्लेख गरेका छन्।
साथै, कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रको उदाहरण दिँदै राज्य-प्रायोजित भू-अतिक्रमण भने गम्भीर राष्ट्रिय मुद्दा भएको बताएका छन्। वर्तमान विश्व राजनीतिक परिस्थितिमा राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि आवश्यक रहेको उनको भनाइ छ।



