
ष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी परित्याग गरेका निवर्तमान महामन्त्री डा. धवलशम्शेर राणाप्रति कडा टिप्पणी गरेका छन्। गोरखामा आयोजित जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले पार्टीलाई कमजोर बनाउन खोज्ने प्रवृत्ति अन्त्य हुँदै गएको बताएका छन्।
उनले धवलशम्शेर राणाको बहिर्गमनलाई खुट्टामा पलाएको ‘ऐँजेरु’ आफैं झरेको अवस्थासँग तुलना गर्दै पार्टीलाई यसबाट कुनै क्षति नहुने दाबी गरे। साथै, आम निर्वाचनका क्रममा उम्मेदवार बनेर पनि प्रचारप्रसारमा नहिँडेको, मतदान गर्न समेत नआएको आरोप लगाउँदै उनले राणाको भूमिकामाथि गम्भीर प्रश्न उठाए।



