भिडियो चौतारीहेड लाइन

धवलशम्शेर राणा र दुर्गा प्रसाईँ एकै ठाउँमा! नयाँ राष्ट्रवादी पार्टी घोषणा हुने, राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डामा सहमति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशम्शेर राणा र राजावादी अभियन्ता दुर्गा प्रसाईँबीच नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित ऐतिहासिक समझदारी भएको छ।

काठमाडौँमा आयोजित विशेष कार्यक्रममा दुवै नेताले ११ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै राजसंस्था पुनर्स्थापना, सनातन हिन्दू राष्ट्र, सुधारमुखी संघीयता, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा राष्ट्रवादी राजनीतिक ध्रुवीकरणको साझा एजेण्डा सार्वजनिक गरेका छन्।

सम्झौतासँगै दुर्गा प्रसाईँ नेतृत्वको ‘नागरिक बचाउ महाअभियान, नेपाल’ औपचारिक रूपमा विसर्जन गरिएको छ। मलमासपछि विज्ञहरूसँगको छलफलबाट नयाँ राजनीतिक दल घोषणा गरिने जानकारी पनि दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button