
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहको संसदमा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले आधिकारिक धारणा सार्वजनिक गरिसकेको भन्दै थप टिप्पणी आवश्यक नरहेको बताएका छन्।
भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले परराष्ट्र नीतिसम्बन्धी विषय कुनै राजनीतिक दलको नभई राष्ट्रको विषय भएको बताए। उनले सरकारको आधिकारिक धारणा परराष्ट्र मन्त्रालयमार्फत सार्वजनिक भइसकेको उल्लेख गर्दै त्यसैलाई आधिकारिक मान्नुपर्ने धारणा राखे।



