
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई पठाएको सातबुँदे सहमति प्रस्ताव सार्वजनिक गरेका छन्। जेठ १६ गते आन्तरिक रूपमा पठाइएको प्रस्तावमा १६ दिनसम्म कुनै प्रतिक्रिया नआएपछि सार्वजनिक गरिएको बताइएको छ।
‘सबैसँगै बढौँ यसरी’ शीर्षकको प्रस्तावमार्फत विश्वप्रकाश शर्माले विशेष महाधिवेशनपछि देखिएको विवाद र असन्तुष्टिलाई अन्त्य गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन आग्रह गरेका छन्।
प्रस्तावमा विशेष महाधिवेशनको निर्णयलाई स्वीकार गर्ने, १५औँ महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउने, अग्रज नेताहरूलाई सम्मानजनक भूमिका दिने, केन्द्रीय समितिमा समावेशी सहभागिता सुनिश्चित गर्ने तथा भ्रातृ एवं शुभेच्छुक संस्थाहरूमा योग्य नेताहरूलाई जिम्मेवारी दिने विषय समेटिएका छन्।



