सृजनाको चौतारी

पत्रिका वितरकदेखि प्रधान सम्पादक सम्म


जी एन शर्मा
पान्थरको कुमयाक गाउँपािलका खाल्डे गाउँमा जन्मेको एउटा ठिटो उनकै स्मरणलाई खोतल्न्ो हो भने धानको भात भुँडी भरिउन्जेल खान जब तराई झ¥यो धानको भातसँगै उ सँग जिवनका सपनाहरु पनि थिए । भर्खरै बिहे गरेको एउटा लक्का जवान आफ्ना मात्रै होईन आफ्नाी जीवन संगीनीका पनि सपनाहरुको मिश्रित सपनाहरु बुनेर झापाको काँकरभिट्टामा आएर जिवनका सपनाको भारी बिसाउँन पुग्छ ।उनी अर्थात मुक्ति पौडेल ।पाचथर जिल्ला कुमायक गाउँपालिका वडा नं १ यासोकको खाल्डेमा वि सं २०३४ साल जेठ ४ गते बुबा चन्द्रबहादुर पौडेल र आमा स्व टीकामायाँ पौडेलका कान्छा छोराका रुपमा यस धर्तीमा अवतरण भएका मुक्तिले २०५८ सालमा मीना भण्डारीसँग बैवाहिक जिवनमा बाधिए पछिको उनको यो जिवन यात्राको आरम्भलाई मैले यसरी चियाउन सकेँ ।
जिवन सपनाको कून्यु पनि त हो असरल्ल हुन्छन् कति सपना सपनामै मात्र देखिन्छन् अनि कतिले सार्थकता पाउँछन् । कसैले कुरा भाग्यको गर्छन् त कसैले कर्ममा विश्वास गर्छन् जो सत्य पनि हो । मेरो त खप्परै यस्तै हो भन्नेहरु अक्सर उल्झनमै रहेका हुन्छन् भने खप्परका पछि होइन कर्मले दुनियाँ जित्न सकिन्छ भन्नेहरुले जिवनको गति दौडाएका हुन्छन् । निधार, खप्पर वा भाग्यकै कुरा गर्ने हो भने त मुक्तिको निधारकै बीचमा फुटेको दाग अहिले पनि छ । कुमयाकै बनपाखामा घाँस काट्दा त्यो बेला बुल्डुङ खाएर लागेको निधारको चोटमा कुनै खोट हुन्छन् भने एउटा पत्रिका वितरक आज दैनिक पत्रिकाको प्रधान सम्पादक कसरी बन्न पुग्थ्यो होला त ? कर्मलाई मुक्तिले विश्वास गरेर निरन्तर आफ्नो गतिमा बगेको थिएन भने पेट लाग्ने गरि धानको भात खान तराई झरेको पान्थरे केटो आज कसरी परिचित सामाजिक अगुवा र पत्रकार बन्थ्यो होला त ? आज मुक्ति जे छन् र जे भएका हुन् यो उनको भाग्य वा कसैको दयादान नभएर निरन्तरको कर्म यात्राकै परिणाम हो ।
मैले जानेको मुक्ति पौडेल र मैले चिनेको मुक्ति पौडेल पत्रिका वितरक हो । काँकरभिट्टामा राम्रोसँग पत्रिका बाँड्न कला भएको वितरक हुन् मुक्ति पौडेल तर मैले हेर्दाहेर्दै त्यही वितरक मुक्ति आफ्नो जिवनको गतिशिल यात्रामा सफल बन्दै गयो । लाग्छ पत्रिका बाँड्दा बाँड्दै मुक्तिमा सपना उम्रियो होला पत्रकार बन्ने अनि त्यही सपनालाई हुर्काउँदै बडाउँदै र जगाउँदै जाने क्रममा आज मुक्ति पौडेल समाजमा परिचित एक अब्बल पत्रकार र सामाजिक अगुवा बन्न पुगे ।
मलाई त लाग्छ मुक्ति पौडेलसँग पुरा हुने सपनाहरु मात्र उनी राख्ने गर्छन् । उनका सपनाहरु हेमानका होइन आफ्नो कर्मले जन्माउने सम्मका मात्र हुन्छन् ।मलाई पनि यस्ता सार्थक सपनाहरुका बारेमा लेख्न मज्जा लाग्छ यसर्थ पनि आनन्द आउँछ कि जब मान्छेहरु आफ्ना सपनाहरुलाई सार्थक बनाउन कर्मको बाटोमा सक्कली पसिना बगाउँछन् ति पसिना नभएर मोती जस्ता बन्छन् ।
मुक्ति पौडेलको जिवन यात्रा र उनका सपनाहरु पढ्न र सुन्नका लागि मात्र होइन उनको जिन्दगीको यात्रा आफैमा प्रेरणा र संर्घषको बीचबाट फूलेको एउटा सुन्दर फूल पनि हो भन्ने मेरो बुझाई छ । आज पनि उनी आफ्नो पत्रकारिताको कर्ममा उत्तिकै फूर्तीलाछन् अनि सामाजिक कार्यमा समेत लामबद्ध देखिन्छन् । मैले यो लेखमा मुक्ति पौडेलको रत्ति पनि भजन होइन उनको जिवनको विगतदेखि वर्तमान सम्मको जिवनको गति र गाथालाई कोट्याउने सानो प्रयास गरेको मात्र हुँ । एक पटक आफै हामी सोचौँ न‘ अघाउन्जेल धानको भात खान तराई झरेको मुक्ति पौडेल पत्रिकाका वितरकदेखि प्रधान सम्पादक कसरी बन्न सके’ । मलाई त लाग्छ उनको यो जिवन कथा कुनै दिन उनीसँगै बसेर दिनभरि लगाएर धित् मरुन्जेल सुन्न अझै रहर छ ।
प्रविणता प्रमाण पत्र तह सम्मको अध्ययन पुरा गरेका उनले पत्रकारिताको आफ्नो यात्राको आरम्भ पनिे काँकरभिट्टाबाटै गर्न पुगे । केही समय पत्रिकाको वितरकका रुपमा रहेका मुक्तिले पछिल्लो समयमा झापाबाट प्रकाशित विवेचना र पूर्वाञ्चल दैनिकबाट पत्रकारितामा उनी जोडिन पुगेका थिए भने पछिल्लो समयमा धरानबाट प्रकाशित ब्लाष्ट टाइम्स दैनिकमा समेत उनले आफ्नो खारिदिै गएको पत्रकारिताको शीपलाई पस्केका थिए । विभिन्न सामाजिक कार्यमा समेत उत्साहका साथ कृयाशिल उनी पत्रकारहरुका विभिन्न संघ सस्थाहरुमा रहेर समेत पत्रकार र पत्रकारिता पेशाको उन्ननयनका लागि समेत सकृयताका विगत १९ वर्षदेखि निरन्तर पत्रकारिता पेशामा समर्पीत पौडेल अहिले पनि उत्तिकै सकृयता र उत्साहका साथ आफ्नो यात्रामा तल्लिन रहेकाछन् ।आजका दिनमा पनि मुक्ति पौडेल जन संसद दैनिकको प्रधान सम्पादक र एभिन्यूज टेलीभिजनको झापा प्रतिनिधिका रुपमा कृयाशिल रहेकाछन् । मलाई त फेरि उही पुरानो कुरा दोह¥याउनमै मज्जा लाग्छ । धानको भात पेट भरिउन्जेल खान झापा झरेको मुक्ति पौडेल आज कसरी एउटा स्थापित नाम बन्न सफल भयो त ? मलाई त लाग्छ , जो कर्ममा निरन्तर यात्रारत रहन्छ उ सफल नभए को हुन्छ त ?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button