सृजनाको चौतारी

‘घण्टी’

(छोटो कथा)
मैले चिनी बिनाको भनेँ उसले मन्द चिनीको भन्यो । भेटघाट नभाको लामै भएको थियो । प्रत्यक्ष भेट नभएपनि समाजिक सञ्जालमा भने केही दिन यता उ ‘घण्टी’ मात्रै झुण्ड्यान थालेको थियो । आज भने मैले नै निम्तो दिएर आयो । पहिला जस्तै पहिलाकै चिया दोकानमा ।
मैले भनेँ— आजकल त ‘घण्टी’ मात्रै झुण्ड्याउँछस त? फेसबुकमा राख्ने अरु केही पाउन छोडिस कि क्याहो ? निक्कै बुझक्कड क्रान्तिकारी हुँ भन्थिस त ?
एक्कासीको मेरो प्रश्न पछि केही बेर मौन बन्यो , यताउता हे¥यो केही खोजे जस्तै गरेर कतै केही नपाए झैँ मै तिर फर्कियो र उसले भन्न शुर ग¥यो ।
उसको बयान यस्तो थियो अर्थात ‘घण्टी’
मलाई थाहा छ राम्ररी थाहा छ घण्टी बिकल्प होइन, तर यो समय भनेको घण्टी बज्ने समय भयो । घण्टी बिपक्षी हो, सबै थोक घण्टीसँग छ भनेर म भन्दीन तर घण्टी बज्नु पर्ने अवस्था आयो । मैल पनि घण्टी बज्नु पर्छ भन्नु मेरो रहर होइन , आज पनि घण्टी बजेर कायापलट हुन्छ पनि म भन्दिन तर मलाई घण्टी झुण्ड्याउन बाध्य पार्नेहरुका बारेमा तँ के भन्छस ? मैले मज्जाका लागि घण्टी झुण्ड्याएको हो ? या जसले सपनाको चाङ्ग लगाएर निराशाको चरम सिमा सम्म पु¥याए ? कुनै दिन म पनि उनीहरुले देखाएको सपनाको बिस्कुन भित्र हराएकै हुँ , म मात्र होइन हजारौँ म जस्तै मान्छेहरुले एउटा बिहान हेर्ने र त्यो बिहानमा रमाउने सपना साँचेर पटक पटक शंखको आवाज सुनेर उनीहरुकै पछि पछि लुरुलुर हिड्यौँ तर अहिले त हाम्रा सपनाहरु पनि थोत्रा मात्र होइन क्रोनिक बनेकाछन् । कति कुद्ने झुठा सपनाहरुका पछि , कति हो हो भन्ने ? कति विश्वास गर्ने ? आखिर परिणाम के भयो यो त तैँले पनि भोगेको छस नि होईन ? मैले झुण्ड्याएको घण्टी मैले जन्माएको होइन मलाई लाग्छ हरेक कुराको हद भएपछि केही न केही त नयाँ आउँछ नै तैँले जे भने पनि हुन्छ ।तर, म भन्छु घण्टी समयले जन्माएको हो मैले होइन । घण्टी उनीहरुकै कारणले मैले झुण्ड्याउनु परेको हो जसले सपना र आश्वासन बाहेक केही झुण्ड्याउन दिएनन् ।
मैले यति मात्र भनेँ— मान्छे स्वतन्त्र भएर बाँच्न पाउनु पर्छ तैँले आज आनन्द मानेर बजाएको घण्टीको आवाज भोली दिक्क लाग्दो नबनोस यति मात्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button