मूल खबरहेड लाइन

देवानगञ्ज घटनामा ६ बुँदे सहमति

काठमाडौँ, साउन १५ गते । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा साउन १० गते भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबिच ६ बुँदे सहमति भएको छ।

सहमतिअनुसार नेपाल सरकारसमक्ष दुवै मृतकलाई शहीद घोषणा गर्न प्रक्रिया तत्काल अघि बढाइने तथा मृतकका परिवारलाई जनही १० लाख रुपियाँ राहत उपलब्ध गराइनेछ।

यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाउने सहमति भएको छ। देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा त्यससँग सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने पनि सहमतिमा उल्लेख छ।

त्यसैगरी, प्रत्येक मृतकका परिवारबाट एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने र मृतकको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ। सहमतिपत्रमा मृतकका परिवारका प्रतिनिधि र गृहमन्त्री सुधन गुरुङ्गले हस्ताक्षर गर्नुभएको छ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button