सृजनाको चौतारी

प्रेमालाप

कविता

अर्थहीन प्रेमालापमा
झुकेका ती नयनहरु,
अलीकती लजाउँदै
भन्न चाहन्थ्ये नीरहरु,
डगमगाउँदै बेहिसाबमा
लरखराएका ती कदमहरु,
अलिकति दबाउँदै
भन्न चाहन्थ्ये गतिहरु,
शब्दहीन सम्बादमा
हारेका ती जितहरु,
अलीकती गुमाउँदै
लिन चाहन्थ्ये प्रितहरु,
चर्केको ऐनामा देखिएको
यथार्थमा त्यो प्रेम होइन,
अनुहारको विच्छिन्न रुप
हृदयको त्यो पटलमा,
टुक्रिएका ती तस्वीरहरु
अलिकति मुस्काउँदै,
सिहरन कै अन्दाजमा
भन्न चाहन्थ्ये ओठहरू,
मलाई पूर्ण बिश्वास भयो
अन्तस्करणका कुराहरु,
निस्वार्थी प्रेम पुजारीहरु
जीवन भरी साधना गर्छन्
स्वार्थहीन अवस्थामा
संचित गरेका स्थलहरु,
सपनाहरु सजाउँदै
बितेका ती पलहरु,
स्मृतिका पानाहरु हेर्दै
गन्न चाहन्थ्ये दिनहरु,
अर्थहीन प्रेमालापमा
झुकेका ती नयनहरु,
अलिकति लजाउँदै
भन्न चाहन्थ्ये नीरहरू।

(दयानन्द गोस्वामीको फेसबुकबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button