सृजनाको चौतारी

देखेर हुन्न लेखेको चाहिन्छ ।

कविता

मनमा मात्र, भएर हुन्न,
लेखान्त चाहिन्छ।
भावीले हिजो ,जे लेखिदिए,
त्यही मात्र पाईन्छ।
रुपले मात्र, हुदैन धेरै,
गुण पनि चाहिन्छ।
अनि मात्र ,आफुले मनले,
रोजेको पाईन्छ।।
यो राम्रो भन्यो ,त्यो राम्रो भन्यो,
यो मन बहलायो।
नहुने मनमा ,भावना जगाई,
मन यो जलायो।
लेखेको कुरा ,मेटिन्न कहिले,
पुगेरै छाडदछ।
जतिनै होसियार, भै बसे पनि ,
काल अघि बढदछ।।
अजम्मरि यो, जीवन छैन,
कहिले नमर्ने।
त्यो पापी काल, आई हाल्छ लिन,
हामीले के गर्ने।
सबैको पालो ,यहि हो भनि,
मन आफै बुझाउने।
मनका पिर ,ब्याथा हरुलाई,
मनैमा सजाउने।।
अर्काको सृष्टि, देखेर हुन्न्,
लेखेको चाहिन्छ ।
पिता पुर्खाले ,गरेको कर्म,
हामीले पाईन्छ ।
हामीले अहिले ,राम्रो काम गरे,
सन्तान लाई भलो छ।
कुकर्म गरे ,आजकी भोली,
देखिने पालो छ।।
अर्काले घोडा ,चड्यो भन्दैमा,
धुरीमा नचढौ।
बिदेशी संस्कार ,बोकेर हामी,
अगाडी नबढौँ।
त्यसैले हाम्रो, कर्ममा जेछ,
त्यहीँ मात्र भोगौँ है।
कुकर्म छोडी ,सत्य कर्ममा,
हामी सब लागौँ है।।
समाप्त ।
काकडभिट्टा झापा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button